Skip to main content

Posts

Showing posts from November 2, 2024

कोसिस गर्नेको सौन्दर्य

  यदि म कुनै कुरामा गर्व गर्छु भने त्यो मेरै बारेमा हो र ती सबैको बारेमा  नि जो म जस्तै संघर्षको यात्रामा छन्। हामी सबैमा एउटा तथ्य समान छ, त्यो हो हामीले गर्ने कोसिस। हामी बिहान ओछ्यानबाट उठ्न भरपुर कोसिस गर्छौं चाहे ओछ्यानले जति सुकै gravityभन्दा बढी बल अर्थात् हामीलाई निद्राले नछोड्दा होस्। हामी बाहिर निस्कँदा धेरै मेहेनत राम्रो र चिटिक्क परेको लुगा लगाउन निकै कोसिस गर्छौं चाहे सेन्डो र कट्टुमा बस्न जति सुकै आनन्द मिलोस्। हामीलाई एकान्त र एक्लो हुँदा आनन्द हुन्छ तर पनि हामी समाजमा खुलेर घुलमिल हुने कोसिस गर्छौं। हामी संसारी र सामाजिक दुनियाँमा घुलमिल हुन जतिसुकै समयको बरबादी ठाने पनि हामी त्यसमा घुलमिल भएर रमाउने  कोसिस गर्छौं।