Skip to main content

Posts

Showing posts from September 22, 2024

आफ्नो सन्तानको रोग प्रतिरोधात्मक शक्ति बढाऔँ

स्वस्थ प्रतिरोधात्मक शक्तिले कोभिड १९, रुँघा, मर्की र अन्य रोगबाट टाढा राख्दछ। अभिभावकहरु प्राय: अलमलमै हुन्छन्, आफ्नो सन्तानलाई स्वस्थ कसरी बनाइराख्ने भनेर। के साँच्चै रोगहरूसँग लड्नका लागि रोग प्रतिरोधात्मक शक्ति बढाउन सकिन्छ त?  उत्तर हो सकिन्छ, तर संसारमा त्यस्तो कुनै जादुको छडी वा जादुले बनेको दबाइ छैन जसले त्यस्तो काम गर्न सकोस्। सबैभन्दा उत्तम उपाय वा दबाई भनेको ससाना कुराहरूमा ध्यान दिनु नै हो।  म तपाईँहरूलाई आफ्नो बच्चा कसरी स्वस्थ राख्ने भनेर उपाय सुझाउन चाहन्छु। मैले मिती २०८१ साल असोज ६ गते इन्टरनेटको माध्यमबाट थाहा पाएका जानकारीहरू तपाईँ माझ साझा गर्दैछु। निम्न लिखित कुराहरू मैले जाँचबुझ गरेर वास्तवमै सही छन् भनेर ठहराएतापनि यी कुराहरु तपाईंले आफ्नो जीवनमा लागु गर्दा केही नकारात्मक असर पुग्यो भने म जिम्मेवार हुने छैन। (क) उनीहरूलाई स्वस्थ आहार दिनु  स्वस्थ भन्नाले म यस्तो आहार भन्न खोज्दैछु जसमा धेरै फलफुलहरू र सागसब्जी हुन्छन्। कम्तिमा दिनको पाँचपटक दिने गर्नुस्। यी पाँचपटक मध्ये बिहान र बेलुका खाना खाँदा खानाको ५०% फलफुल र साग सब...